च्याम्पियन्स लिग : रियल र इन्टर भिड्दै



काठमाडौं : यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज रियल मड्रिड र इन्टर मिलानबीच प्रतिस्पर्धा हुने भएको छ। रियल र इन्टरबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

रियलले ३ खेलमा मात्र ४ अंक जोडेको छ भने इन्टर ३ खेलमा २ अंक जोडेर समूहको पुछारमा रहेको छ । यसै समूहको अर्को खेलमा बोरुसिया मुन्छेनग्लाडबाखले शाख्तर डोनेस्कटसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्