रुक्मिणी माविले निःशुल्क बस चलाउँदै



रुकुमपूर्वः यहाँस्थित एक सामुदायिक विद्यालयले निःशुल्क बस सञ्चालनको तयारी गरेको छ । सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविले यसै शैक्षिक सत्रदेखि बस सञ्चालन गर्ने तयारी गरेको हो । टाढाका विद्यार्थीलाई विद्यालय आउजाउ गर्न समस्या परेपछि बस सञ्चालन गर्ने तयारी गरेको विद्यालयले जनाएको छ ।

३६ सिटे बस २१ लाख ७१ हजार २ सय रुपैयाँमा किनिसकिएको छ । नमुना विद्यालयको व्यवस्थापनतर्फको खर्चबाट १५ लाख र अरू विद्यालयको आन्तरिक कोषको रकमले बस किनेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवचन्द समालले बताए । स–साना विद्यार्थी डेरा गरी बस्न नसक्ने भएकाले उनीहरूको सजिलोका लागि बस चलाउने निर्णय गरिएको अध्यक्ष समालले सुनाए । बस चढेबापत विद्यार्थीले शुल्क भने तिर्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्