शिक्षक गोली र पेस्तोलसहित पक्राउ



वीरगञ्ज : गए राति प्रहरीले स्वचालित पेस्तोलसहित वीरगञ्ज महानगरपालिकाबाट एक शिक्षकलाई पक्राउ गरेको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका-१० निवासी जितेन्द्रप्रसाद सिंहलाई वीरगञ्ज-वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेका प्रहरीले जानाएको छ ।

विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खान तलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको अवस्था पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिए ।

उनले खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान र व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल बरामद भएको बताए । पक्राउ परेका शिक्षक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेकोे प्रहरीले जनाएको छ । रासस

प्रकाशित : १० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्