भिरबाट लडेर युवकको मृत्यु



सुर्खेत : सुर्खेतमा भीरबाट लडेर राउटे युवकको मृत्यु भएको छ । चिङ्गाड गाउँपालिका-२ स्थित ढाँडखेत नजिकको भिरबाट लडेर १९ वर्षीय राउटे युवा टेक शाहीको मृत्यु भएको हो ।

उनी गत ८ गते भिरबाट खसेको र सोही राति मृत्यु भएको तर उनको मृत्यु भएको खबर भने प्रहरीमा ढिला पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

नेपालमा फिरन्ते जीवन बिताउँदै आएको एक मात्र राउटे समुदायमा १४५ जना सदस्य रहेका थिए । ती युवाको मृत्यु भएपछि अब समुदायमा १४४ सदस्य छन् । हाल उनीहरू चिङ्गाड गाउँपालिकास्थित ढाँडखेतमा बसेका छन् ।

प्रकाशित :१० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्