श्रमिकहरुको श्रमको सम्मान गर्नुको विकल्प छैन : मन्त्री यादव



ललितपुर : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुलाई श्रमिकहरुको श्रमको सम्मान गर्न आग्रह गरेका छन् । नेपाल पश्मिना उद्योग संघको १८ औं वार्षिक साधारण सभालाई शुक्रबार ललितपुरमा उद्घाटन गर्दै उनले आफ्नो उद्योगको उत्पादन बढाउनका लागि पनि उद्योगीहरुले श्रमिकहरुको श्रमको सम्मान र माया दुवै गर्नुको विकल्प नरहेकोे स्पष्ट पारे ।

मन्त्री यादवले श्रमिकहरुको श्रमको बलमा मालिक बन्न पाएका उद्योगीहरुले उनीहरुको पारिश्रमिक वृद्धि गरेमात्रै आफ्नो उद्योगको उत्पादनमा वृद्धि हुन्छ भन्ने सच्याईलाई भुल्न नहुने बताए । विश्व बजारमा नेपाली पश्मिनाको पहिचान रहेको उल्लेख गर्दै त्यसको प्रवद्र्धनका लागि सरकार उद्योगीहरुसँग सहकार्य गरेर अघि बढन प्रतिवद्ध रहेको उनको  भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्