सरकारले हत्यारा लुकायो : शेरबहादुर देउवा



काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् । नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले बालिका निर्मला पन्तको हत्यारालाई कार्वाही गर्नुको सट्टा बचाउ गर्ने, मूल्य बढाउने, जनतालाई करमाथि कर थोपर्नेजस्ता जनताविरोधी काम ओली सरकारले गरिरहेको आरोप लगाए ।

सभापति देउवाले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली नेतृत्वको सरकारबाट जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा लाग्न पनि पार्टीमा आवद्ध नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई निर्देशन दिए  ।

उनले  देउवाले विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन छिट्टै गर्ने आश्वासन दिए । उनले नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू गर्ने÷नगर्ने निर्णय नेविसंघकै नेताहरुको परामर्शको आधारमा निर्णय लिने पनि स्पष्ट पारे । कार्यक्रममा  काँग्रेस महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकार कुरा गर्ने काम नगर्ने तर्फ अगाडि बढेको बताउँदै यसको विरुद्द काँग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिकायकवादलाई  मुलुकमा लागू गर्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्