२०४७ को संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै जनकपुरमा -याली



जनकपुरधाम : नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समुहले आज (बुधबार) जनकपुरधाममा -याली निकालेको छ ।

नेपाल राष्ट्रवादी समूहले राजतन्त्र फर्काउनुपर्ने माग गर्दै आज जनकपुरधाममा -याली निकालेको हो । नेपालको राष्ट्रिय झण्डा बोकेर दर्जनौँ व्यक्तिहरुको सहभागितामा समूहले निकालेको -यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । पूर्व राजाको पक्षमा नारा लगाउँदै उनीहरु र्यालीमा सहभागी भएका थिए ।

No description available.

र्यालीमा सहभागीहरुले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान पुर्नवहाली गनुपर्ने, राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने लगायतका नाराहरु लगाएका थिए ।

No description available.

स्थानीय रेल्वे स्टेशनबाट निस्केको -याली भानूचोक, कदमचोक, विद्यापती चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाईल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, थापाचोक, मुख्यमन्त्री कार्यालय अगाडी, मिल्स एरिया, भानूचोक, शिवचोक हुँदै जनकचोकमा आई कोणसभामा परिणत भएको थियो ।

No description available.

कोणसभामा बोल्दै सहभागीहरुले देशमा भ्रष्टाचार मौलाइरहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु दिन दिनप्रतिदिन बढ्दै गरहेकोले यसको न्यूनीकरणका लागि राजतन्त्र फर्काउन आवश्यक रहेको बताए ।

No description available.
No description available.
No description available.

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्