आज नेप्से परिसूचक झण्डै ६५ अंकले बढ्यो



काठमाडौं : आज सेयरबजार परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ ।

साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ६४.७० अंकले बढेर १ हजार ८ सय ७४.८१ अंकमा बन्द भएको हो ।

सेन्सेटिभ परिसूचक १२.९६ अंकले बढेर ३ सय ६२.३३ अंकमा बन्द भएको छ । दिनभर १ सय ९६ कम्पनीको ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको १ करोड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर खरिदविक्री भएको छ । अहिले शेयर बजारका लागि उपयुक्त समय रहेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थामा ब्याज दर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु, र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिएको छ ।

बजारमा शेयरको माग बढ्न जाँदा परिसूचकले पनि नयाँ उचाई तय गरेको छ । कारोबारमा आएका समूह मध्ये होटल समूहको सूचक मात्रै घटेको छ ।

बाँकी सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ७.९३ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ७.३२ प्रतिशत, अन्य समूह ६.७२ प्रतिशत, लघुवित्त समूह ३.८६ प्रतिशत, निर्जीवन बीमा समूह ३.३१ प्रतिशत, बैंकिङ समूह २.९७ प्रतिशत, विकास बैंक समूह १.३७ प्रतिशत, फाइनान्स समूह १.७२ प्रतिशत, जलविद्युत समूह १.७१ प्रतिशत, जीवन बीमा समूह १.७४ प्रतिशत र म्युचुअल फण्ड समूह १.३५ प्रतिशतले बढेको छ ।

बुधबार सबैभन्दा धेरै कारोबार नेको इन्स्योरेन्सको संस्थापक शेयरको ४२ करोड २९ लाख ९८ हजार रुपैयाँ बढीको कारोबार भएको छ । दोस्रो धेरै कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । जसको २९ करोड ४४ लाख ८१ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

नबिल बैंकको पनि २३ करोड १९ लाख ४८ हजार रुपैयाँको शेयर खरिद विक्री भएको छ । एनएमबि माइक्रो फाइनान्सक कम्पनीका शेयरधनी र बिशाल बजार कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाएका छन् ।

नेपाल दुरसञ्चार कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, शिवम सिमेन्ट लगायतका कम्पनीका शेयरधनीले पनि झण्डै १० प्रतिशतले कमाएका छन् । बजारमा उच्च वृद्धि भएपनि लक्ष्मी इक्वुटी फण्डका इकाईधनीले सबैभन्दा धेरै ३.६८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित :१० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्