भैरहवामा राप्रापाले जलायो धर्मनिरपेक्षको ब्यानर 



भैरहवा : राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले भैरहवामा धर्मनिरपेक्ष खारेजीको माग गर्दै प्रदर्शन गरेको छ।  आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच शुक्रवार दिउँसो भैरहवाको मिलनचोकमा झडप भएको छ ।

राप्रपा कार्यकर्ताले संविधानमा व्यवस्था भएको धर्म निरपक्षको शब्दसहितको ब्यानर जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । झडपका क्रममा पार्टीका जिल्ला अध्यक्ष तथा पूर्व मेयर सागरप्रताप राणा घाइते भएका छन् । मेयर राणाको बायाँ खुट्टाको औँलामा चोट लागेको छ । 

राप्रपा कार्यकर्ताले जलाउने क्रममा प्रहरीले धर्मनिरपक्ष लेखिएको कागजको पुत्लालाई खोसेको थियो । राप्रपाले देशैभर धर्मनिरपेक्ष खारेजी माग गर्दै प्रदर्शन र कोणसभा गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्