थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार देशभर ३ हजार १ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना कोरोना संक्रमित थपिएका छन् ।

हाल देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ६९ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्