राजसंस्था पुनर्वहालीको पक्षमा पोखरामा विशाल र्‍याली



पोखरा : पोखरामा राजसंस्था पुनर्वहालीको माग गर्दै बुधबार विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ ।

आज आयोजित र्‍यालीमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका छन् । र्‍यालीमा सहभागी सर्वसाधारणहरुले राजसंस्था पुनर्वहालीको माग गर्दै नारा लगाएका छन् ।

र्‍यालीका कारण पोखराको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

त्यस्तै प्रदेश २ को जनकपुरधाममा पनि बुधबार नै राजसंस्था पुनर्स्थापनाको मागसहित मोटरसाइकल र्‍यालीको आयोजना गरिएको थियो ।

पछिल्लो समय देशमा विभिन्न स्थानमा राजसंस्था पुनर्वहालीको माग गर्दै प्रदर्शन हुँदै आएका छन् ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्