नेपाल इञ्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपाने ठगी आरोपमा पक्राउ



काठमाडौं : नेपाल इञ्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने ३ करोड भन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

नेपाल इन्जिनियरिङ कलेजको ३ करोड ७१ लाख रुपैयाँ ठगी गरेर न्यौपाने सम्पर्कबिहिन भएको उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले दिएको जानकारी अनुसार उनलाई बुधबार दिउँसो काठमाडौंबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : १० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्