आठौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा पुलिस विजयी



दाङ : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान भएको महिला फुटबलमा नेपाल पुलिस क्लब विजयी भएको छ। घोराहीको भरतपुर मैदानमा सम्पन्न खेलमा प्रदेश ५ लाई ६–० ले हराउँदै पुलिस क्लब विजयी भएको हो।

पुलिसको जितमा निरु थापाले ह्याट्रिक गरिन्। उनले पहिलो हाफको ९ औं तथा दोस्रो हाफको १३ र ३८ औं मिनेटमा गोल गरेकी थिइन्। निरु नेपाली राष्ट्रिय टोलीका कप्तान समेत हुन्। 

त्यस्तै अमृता जैशीले दोस्रो हाफको २८ र २९ औं मिनेटमा लगातार दुई गोल गर्दा निर्मला बिकले पहिलो हाफको २४ औं मिनेटमा गोल गरिन्। 

प्रतिक्रिया दिनुहोस्