भोको बसेर कोरोनाको उपचार !



चितवन : यहाँ सञ्चालित आइसोलेशनमा रहेका ३६० जना सङ्क्रमितको उपवास विधिबाट उपचार गरिएको छ । प्राकृतिक चिकित्सा पद्धतिको विधिबाट उनीहरु निको भएर घर फर्किएका छन् ।

योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, वागीश्वरीमा सञ्चालित आइसोलेशनमा रहेकालाई डा हेमराज कोइराला नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेको छ । कोइरालाका अनुसार उपवास गर्दा व्यक्तिले निश्चित समयका लागि खाना त्याग गर्ने वा क्यालोरी ग्रहणमा रोक लगाउने गर्छ ।

आधुनिक चिकित्सा विज्ञानमा पनि उपवास गरेर अनेक असाध्य रोग जित्न एवं रोकथाम गर्न सकिने तथ्य पत्ता लगाइसकेको उनको भनाइ छ । सन् २०१६ मा जापानका वैज्ञानिक यासुनुरी यसुमीलाई उपवास फिजियोलोजीमा गरेको महत्वपूर्ण खोज एवं अनुसन्धानका कारण नोबेल पुरस्कारद्वारा सम्मान गरिएको जनाइएको छ ।

अधिकांश भाइरस सङ्क्रमणको औषधि भनेकै प्रतिरक्षा प्रणालीको सशक्तीकरण नै भएको बताउँदै उनले भने, ‘उपवास यस्तो फिजियोलोजीकल विधि हो, जसको विधिवत् प्रयोग गर्न जाने प्रतिरक्षा प्रणालीलाई तुरून्त सशक्त बनाइदिन्छ र कोभिड–१९ जस्तो घातक रोगबाट बचाउँछ ।”

कोभिड–१९ मा सरल तरिकाले गर्न सकिने भनेको आवधिक उपवास हो । सङ्क्रमितले २४ घण्टाको समयलाई आठ घण्टा खाना खाने समय र १६ घण्टा भोकै बस्ने समय भनेर छुट्याएको हुन्छ । यसरी छुट्याउँदा बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्मको अविधिलाई खाना खाने समय र साँझ ५:०० देखि बिहान ९:०० बजेसम्मको अवधिलाई भोकै बस्ने समय भनेर छुट्याउँदा राम्रो हुने डा कोइराला बताउनुहुन्छ । आइसोलेशनमा त्यहीअनुरुप तालिका बनाएर खाना खाने र उपवास बस्ने व्यवस्था गरिएको छ ।

उनले भने, ‘यसमा ८-१६ को समयलाई ६-१८ र विस्तारै बढाएर ४-२० पनि गर्न सकिन्छ । यसरी खाना खाने र भोकै बस्ने अवधि छुट्याएर उपवास बस्दा खाना खाने अवधिमा भने प्रशस्त मात्रामा पौष्टिक तत्व लिनुपर्ने हुन्छ’ खानामा विशेषतः उच्च रेशा र चोकर भएको, झोलिलो, प्रशस्त भिटामिन एवं एण्टिअक्सिडेण्टयुक्त खाना खानुपर्ने उनको सुझाव छ ।

उनका अनुसार हाम्रो शरीरमा विद्यमान कोषमा दैनिक हजाराँै जैविक रासायनिक क्रिया भइरहेका हुन्छन् । ती क्रियाको उपजस्वरूप कोषमा अनेकौँ प्रकारका काम नलाग्ने, विषाक्त एवं उत्परिवर्तित रसायनको उत्पादन पनि भइरहेको हुन्छ ।ती रसायनका साथै काम नलाग्ने कोषीय अङ्ग वा बाहिरबाट आएका रोगकारक जीवाणु, विषाणु, ढुसी वा परजीवीले पनि कोषलाई क्षति पुर्‍याउने उनको भनाइ छ ।

शरीरको कोषमा उपवासका कारण खाना नभएपछि ऊर्जास्तर घट्दै जान्छ । त्यस्तो अवस्थामा शरीरमा रहेका काम नलाग्ने तर पचाउन सकिने भाइरस, प्रोटिन जस्ता वस्तुलाई पचाएर शरीरले ऊर्जा लिने उहाँको भनाइ छ । यसरी नै उपवासका माध्यमबाट वागेश्वरीको आइसोलेशनमा रहेका सङ्क्रमितको सफल उपचार गरिएको डा कोइराला बताए।

त्यहाँ लक्षण देखिएका बिरामीको उपचार गरिँदै आएको छ । भरतपुर महानगरपालिकाले भदौ १४ गतेखि सञ्चालन गरेको उक्त आइसोलेशनमा हाल १३ सङ्क्रमित छन् । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार आइसोलेशन सञ्चालनमा लाग्ने सबै खर्च महानगरले व्यहोर्दै आएको छ । हाल उपवास विधिबाट देशकै नमूना आइसोलेशनका रुपमा यहाँ सङ्क्रमितको उपचार भइरहेको उनको भनाइ छ । दाहालका अनुसार महानगरपालिकाले समिति निर्माण गरी त्यसको व्यवस्थापन गर्दै आएको छ ।

प्राकृतिक चिकित्सा विधिबाट आइसोलेशन सञ्चालनपूर्व महानगरपालिकाले नेपालमै पहिलो पटक कोरोना अस्थायी अस्पताल निर्माण गरी सङ्क्रमितको उपचार शुरु गरेको थियो । सो अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण गरिएपछि महानगरले वागेश्वरीमा आइसोलेशन सञ्चालन गरेको हो । त्यहाँ महानगरपालिकाका बासिन्दालाई सबै निःशुल्क हुने गरी उपचार गरिएको दाहालको भनाइ छ । (रासस)

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली कांग्रेसले आज (शनिबार) देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।

काठमाडौं : पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु

इन्डोनेसिया : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस

काठमाडौं : एकै पटक दुई दर्जन नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले अवकाश पाएका

काठमाडौं : विश्वमा अबको डेढ महिनाभित्रमा थप ३० लाख मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने एक

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को रिहाईका लागि

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन आग्रह गरेका

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई

काठमाडौं : पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको

काठमाडौं : थारु समुदायको नयाँ वर्ष माघी ‘माघी महोत्सव’ यस वर्ष काठमाडौंको अनामनगरस्थित तमु बौद्ध

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आफ्नो कदमलाई संवैधानिक दावी गर्दै