
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सबै नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउन युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले बालबालिका तथा वृद्धवृद्धाहरुको मानव अधिकारको रक्षाका लागि पनि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
शुक्रबारबाट काठमाडौंमा सूरु भएको ‘७ औं दक्षिण एशीयाली मानव अधिकार शिखर सम्मेलन’को उद्घाटन गर्दै उनले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको प्रत्याभूति गराउन सशष्त्र द्वन्द्वका पीडितहरुको न्याय निरुपणको कामलाई विशेष जोड दिएको स्पष्ट पारे । उनले सामाजिक न्याय र शान्तिका लागि पनि मानव अधिकारको प्रत्याभूति हुनुको विकल्प नभएको बताए ।