
काठमाडौँ: नायक आर्यन सिग्देल बाबु बनेका छन् । दाम्पत्य जीवनको पाँचौ वर्षगाँठमा उनी बाबु बनेका छन् । आर्यन छोराका बाबु भएका हुन् ।
२०७० सालमा बिहे गरेका आर्यन र सपनाको पहिलो सन्तानको शुक्रबार मध्यान्ह १२ बजे जन्म भएको हो । चिरायु अस्पतालमा जन्मिएका छोरा र आमा दुवैको स्वास्थ्य सामान्य छ । यसअघि गर्भवती सपनासँगका आर्यनका तस्बिर सार्वजनिक भएका थिए ।