कमल थापाले जलाए ‘धर्मनिरपेक्ष’, १४ नेता-कार्यकर्ता पक्राउ



काठमाडौँ : धर्मनिरपेक्ष खारेजीको माग गर्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना नेता कार्यकर्तालाई प्रहरीले राजधानीको रत्नपार्कबाट पक्राउ गरेको छ । 

प्रहरीले प्रदर्शनमा सहभागी १४ जना नेता कार्यकर्तालाई पक्राउ गरेको हो । धर्मनिरपेक्षको ब्यानरमा अध्यक्ष कमल थापाले आगो लगाएका थिए । रत्नपार्कस्थित शान्तिबाटिकामा राप्रपाको विरोधसभापछि धर्म निरपेक्षको ब्यानर जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । 

पक्राउ पर्नेहरुमा केन्द्रीय सदस्य यवती कार्कीसहित १४ जना रहेका राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । राप्रपाका नेताहरु धर्म निरपेक्षको ब्यानर जलाउन रत्नपार्कमा भेला भएका थिए । राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नेपालको पहिचान भएको अडान राख्दै आएको छ । 

राप्रपाले शुक्रबार देशैभर धर्मनिरपेक्ष खारेजीको माग गर्दै प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा हेटौँडा र भैरहवामा राप्रपाका केही नेता कार्यकर्ता घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्