गोली लागेको अवस्थामा दाङमा ४४ वर्षीय पुरुष फेला



काठमाडौं : गोली लागेको अस्थामा दाङमा एक पुरुष फेला परेका छन् । बुधवार राति तुलसीपुर उपनगरपालिका–१३ बराहाखुटीका ४४ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।

उनको शरिरमा गोली लागेको र नेपालगञ्जमा उपचार भइरहेको एसपी चन्दले बताए । तर, घटनाबारे अनुसन्धान हुन नसकेको बताए ।

पौडेल राति पूर्वपश्चिम राजमार्गमा पर्ने दाङको लमही नगरपालिकाको च्याउ खोलामा घाइते अवस्थामा फेला परेका थिए । उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको थियो । तर, त्यहाँ उपचार नभएपछि भारतको लखनउ लगिएको एसपी चन्दले बताए । पौडेलको शरिरमा पाँच वटा गोली लागेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान गर्न डिएसपीको कमाण्डमा टोली बनाइसकेको छ ।

प्रकाशित : मंसिर ११, २०७७

प्रतिक्रिया दिनुहोस्