रुपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु



बुटवल : रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा बिहीबार बिहान पौने ३ बजे मृत्यु भएको हो ।

गत कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला २८ गते अस्पताल भर्ना भएकी थिइन् । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार संक्रमित महिला मधुमेह र निमोनियाको दीर्घरोगी थिइन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ११८ पुगेको छ ।

प्रकाशित : मंसिर ११, २०७७

प्रतिक्रिया दिनुहोस्