बसको ठक्करबाट पैदलयात्रुको मृत्यु



धादिङ : कालुपाण्डे मार्ग अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। धादिङेबेसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ८६६७ नम्बरको बसले शुक्रबार ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

बसको ठक्करबाट सोही ठाउँका ५० वर्षीय ज्ञानबहादुर दाहालको घटनास्थलमा नै मृत्यु भएको छ। ठक्कर दिने बस र बसको चालक नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का गणेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा राखेको प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्