बोरुसिया डर्टमन्डका सबैभन्दा धेरै दर्शक, रियल मड्रिड भन्दा बार्सिलोना लोकप्रिय



एजेन्सी : जर्मनीको फुटबल क्लब बोरुसिया डर्टमन्डको खेल हेर्न सबैभन्दा धेरै दर्शक पुग्ने रोचक तथ्य फेला परेको छ। फुटबल क्लबमाथि 'द सीआइईएस फुटबल अब्जर्भेटरी' ले एक अध्ययन गर्दा यस्तो देखिएको हो ।

रिपोर्ट अनुसार पछिल्ला पाँच वर्षमा बुन्डेस लिगाको टोली बोरुसियाको खेल हेर्न औसत ८० हजार २३० जना दर्शक स्टेडियम पुग्छन् । अर्कातिर स्पेनिस ला लिगामा रियल मड्रिड भन्दा लोकप्रिय बार्सिलोना देखिएको छ। बार्सिलोनाको खेल हेर्न औसतमा ७४ हजार ८७६ दर्शक स्टेडियम पुग्ने गरेका छन् । बार्सिलोनाको परम्परागत प्रतिद्वन्द्वी रियल मड्रिडको खेल हेर्न औसत ६९ हजार ८२२ दर्शक पुग्ने गरेका छन् ।

यस सूचीको शीर्ष १० मा सबैभन्दा धेरै जर्मनीका क्लब रहेका छन् । अर्कातिर स्पेन र इङ्ल्यान्डका दुई दुई क्लब छन् । अमेरिकाको एटलान्टा युनाइटेड आश्चर्यजनकरुपमा १० औँ स्थानमा रहेको छ। इङ्ग्ल्यान्डको म्यानचेस्टर युनाइटेडको खेलमा औसत ७५ हजार २१८ दर्शक पुग्ने गरेका छन् ।

कुन क्लबका कति दर्शक ?

क्लबको समर्थनका साथसाथै दर्शकको मामिलामा जर्मनी बुन्डेसलीगा नै रहेको छ । लीगको एक खेलमा औसत ४३, ३०२ दर्शक पुग्छन् । यस मामिलाम इङ्ग्ल्यान्डको प्रिमियर लीग दोस्रो स्थानमा छ ।  स्पेनको ला लिगा तेस्रो स्थानमा रहेको छ ।जर्मनीका क्लबको खेलमा धेरै दर्शक पुग्नुको एउटै कारण टिकटको मूल्य सस्तो हुनु हो । टिकटको मूल्यका लागि जर्मनीका क्लबको प्रशंसा हुने गरेको छ। यसैले शीर्ष १० मध्ये ५ मा जर्मनीकै क्लब छन् ।

प्रतिखेल दर्शकको मामिलामा शीर्ष ५ लिग

प्रतिक्रिया दिनुहोस्