प्रज्ञा प्रतिष्ठान नास्टका पूर्वउपकुलपति श्रेष्ठको निधन



काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व उपकुलपति एवं भौतिकशास्त्री केदारलाल श्रेष्ठको निधन भएको छ ।

सन् १९९२ देखि १९९७ सम्म नाष्टका उपकुलपति रहेका श्रेष्ठको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको नास्टका प्रवक्ताका सुरेशकुमार ढुंगेलले बताए ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिकशास्त्र केन्द्रीय विभागमा सन् १९७४ देखि १९७६ सम्म प्रमुख भएका उनी भौतिकशास्त्र विभागमा लामो समयसम्म प्राध्यापन गरेका थिए ।

श्रेष्ठ १९७९ देखि १९८६ सम्म रिकास्टमा कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए । श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

श्रेष्ठको निधनले नेपालको भौतिकशास्त्रको क्षेत्रमा ठूलो क्षति भएको प्रवक्ता ढुंगेलले बताए ।

प्रकाशित : मंसिर ११, २०७७

प्रतिक्रिया दिनुहोस्