थप १६१४ जनामा कोरोना पुष्टि, नेपालमा ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार देशभर १ हजार ४ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।

यसैगरी नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ सय नाघेको छ । हालसम्म देशभर १४ सय १२ ले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : मंसिर ११, २०७७

प्रतिक्रिया दिनुहोस्