रौतहटको कटहरियामा आगलागी



गाैर : रौतहटको कटहरियामा भीषण आगलागी भएको छ ।  कटहरिया नगरपालिका ५ स्थित हाट बजारमा आज दिउँसो १२.३० बजेदेखि आगलागी सुरु  भएको प्रहरीले जनाएको छ । 

 

सदरमुकाम गौरबाट गएको दमकलका साथै स्थानीय र प्रहरीको सक्रियतामा आगलागी नियन्त्रण गर्ने कार्य भैइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाका सई आमोदप्रसाद यादवले जानकारी दिए ।

आगलागी के कारणले भयो भन्नेबारे खुल्न सकेको छैन । आगलागीबाट हाटबजारका दर्जनौं टहरामा क्षति पुगेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्