उपत्यकामा थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६२०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ भने मृतकको संख्या १४ सय १२ पुगेको छ ।

प्रकाशित : मंसिर ११, २०७७

प्रतिक्रिया दिनुहोस्