कर्मचारी नहुँदा बजेट खर्च भएन



जनकपुरधाम : कर्मचारी अभावमा विनियोजित बजेट खर्च हुन नसकेको स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। शुक्रबार जनकपुरधाममा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले संघीय सरकारबाट बजेट नआउने विनियोजित बजेट पनि कर्मचारी आभावले गर्दा खर्च हुन नसकेको गुनासो गरेका थिए।

उनीहरूले कर्मचारी अभावले काम गर्न नसक्ने अवस्था आएका कारण चुनाव जितेर पनि हारेको महसुस भइरहेको पीडा पोखे। उनीहरूले प्रदेश र स्थनीय तहका लागि विभेदरहित बजेट ल्याउन माग समेत गरे।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख र उप्रमुखहरूले करारमा कर्मचारी भर्ना गर्ने सम्पूर्ण अधिकार दिन माग गर्दै आगामी बजेटमा विकास निर्माणका लागि आवश्यक बजेट छुट्याउन सम्बन्धित निकायसँग माग गरे।

अर्थमन्त्रालयका सचिव कृष्ण दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य जुली महासेठ, अर्थसमिति सचिव सुरेन्द्र अर्याल, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्