मिस नेपाल २०२० की कन्टेष्टेन्ट सन्ध्या शर्मा भन्छिन्, ‘मधेसमा पिछडिएका छोरीहरूको आशाको किरण बन्न चाहन्छु।’



काठमाडौं : यो संसारमा हरेक मानिस केही न केही सिप र कला लिएर जन्मेका हुन्छन् । हरेक मानिसको फरक फरक लक्ष्य हुन्छ । हामीमा भएको आन्तरिक क्षमतालाई बुझेर मात्र हामीले आफ्नो लक्ष्य पुरा गर्न सक्नुपर्छ । जीवनमा लक्ष्य चुन्न गाह्रो हुन् सक्छ तर हाम्रो सिपले हामीलाई अगाडि बढ्न धेरै मौकाहरू दिइरहेको हुन्छ। हामीले त्यस्ता मौकाहरूलाई छोड्नु हुँदैन ।  जस्ता सुकै  बाधाहरू आए पनि कहिले हार मान्नु हुँदैनन् । डटेर अघि बढ्नु पर्छ। यसरी नै आफ्नो लक्ष्य पुरा गर्न हरबखत लडिरहेकी छिन्, सन्ध्या शर्मा ।

महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा मिस नेपाल २०२० की प्रतियोगी नम्बर १९ हुन् । उनले फरेष्ट्रिमा स्नातक गरेकी छिन् भने अहिले सोही विषयमा स्नातकोत्तर गरिरहेकी छिन् । 
५.४ फिट हाइट रहेकी उनी भविष्यमा रिसर्च साईन्टिस्ट बन्न चाहन्छिन् । उनले मिस नेपालको प्लेटफर्मलाई वातावरण परिवर्तनको क्षेत्रमा आवाज उठाउने माध्यमको रूपमा प्रयोग गर्दै सम्पूर्ण युवाहरूलाई यो विश्वव्यापी समस्याविरुद्ध एकजुट हुन आह्वान गर्ने योजना बनाएकी छिन् ।

सामान्य घरमा जन्मेकी उनी मिस नेपाल २०२० को उपाधि जित्न मेहनत गरिरहेकी छन्। सानैदेखि पढाइसँगै गीत गाउन, नाच्न रुचाउने उनी खेल क्षत्रमा पनि पोख्त थिइन्। भलिबल, ब्याडमिन्टन लगायतका धेरै खेलहरूमा उनले पुरस्कार जितेकी छन्। साथै सानैदेखि स्कुल लगायत गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा जहिले भाग लिने र जित्ने गर्थिन्। आफ्नो पढाइलाई सँगै आफू भित्र भएका अरू ट्यालेन्टलाई देखाउन पछि हटिनन्।’ 


सन्ध्या भन्छिन्, ‘ मसँग पढाइसँगै धेरै कुराको ट्यालेन्ट छ। म भित्र भएको ट्यालेन्टलाई मर्न दिन्न भनेर लागि परेको छु।  म मध्य तराईको मान्छे, ‘धेरैलाई थाहा छ, अझै पनि छोरा र छोरीमा विभेद गरिन्छ। छोरालाई महँगो स्कुलमा पढाउने छोरीलाई नपढाउने, खुल्ला रूपमा हिडन नपाउने यस्ता धेरै विभेद छ । जुन म हटाउन चाहन्छु। एउटा छोरीले पनि चायो भने गर्न सक्छ। त्यसको लागि वातावरण दिनु पर्छ। हरेक मधेसी छोरीसँग भएका प्रतिभालाई प्रस्फुटन गर्न म मिस नेपाल २०२० मा भाग लिएकी हुँ।’ 

उनी हरेक स्कुल कलेजहरूमा लिडरको भूमिका पनि निभाउँथिन्। सानैदेखि निडर उनी गलत कुरालाई बुलन्द रूपमा आवाज उठाउँछिन्। कसैले कोही माथि अन्याय, अन्य चार, हिंसा गरेको खण्डमा जाइ लाग्थिन्। त्यसैले पनि होला सायद, केटी साथीहरूलाई कुनै केटा साथीहरूले जिस्काए अथवा केही गरे। उसलाई नै भन्थे। त्यो गर्ने केटाहरूलाई रामो जवाफ दिन जानेकी थिइन्। त्यसैले होला केटा साथीहरू उनीदेखि डराउँथे।

उनी भन्छिन् ‘मलाई लाग्यो कि यो माध्यम बाट पनि गाउँ समाजमा जनचेतना दिन सकिन्छ। मधेसका जो हेपिएका, पिछडिएका छोरीहरू छन्, उनीहरूको आशाको किरण बन्न चाहन्छु। तराई मधेसका छोरीहरू आत्मा निर्भर भएर, अघि बढेको हेर्न चाहन्छु। अवसर पाए हरेक छोरीहरूले केही गर्न सक्छन्। आफ्नो खुट्टामा उभिएर, गाउँ, समाज र  देशको लागि केही गर्न सक्छन् भन्ने चेतना जगाउन लागि परेको हुँ।’

आफ्नो परिवारबाट हरेक क्षेत्रमा सहयोग र प्रेरणा पाएकी उनी आफूलाई जस्तै तराई मधेसका हरेक छोरीहरूले पनि परिवारको साथ सहयोग पाउन्, छोरीहरू अघि बढुन् भन्ने सोच्छिन्। 
उद्देश्य बिनाको मेहनतले कहिले सफल बन्न सकिँदैन।

उनी भन्छन्, जीवनमा अपसन कहिले पनि नराख्नु, जब मानिसले अपसन राख्छन् त्यो मानिस कमजोर बन्छन्। उनले यस अघि दुई चोटि मिस नेपालमा भाग लिइन र अडिसनका लागि बोलाइएको पनि थियो तर पढाइका लागि विदेश भएका कारण मिस नेपालमा भाग लिन पाएकी थिइनन् । र यो कुरा मनमा जहिले खडकी रहन्थ्यो तर यो पटक कोरोनाका कारण घरमै रहेकोले भाग लिन पाउँदा खुसी भएको उनी बत्ताउँछिन्। मधेसको प्रतिनिधित्व गरेकी सन्ध्याले भोट गर्नको लागि सबै लाई आह्वान पनि गरेकी छिन ।

उसरी नै उनी मिस नेपाल २०२० को उपविधाहरूमध्ये मिस पपुलर च्वाईसको भोटिङमा सन्ध्या शर्मा पहिलो नम्बरमा पनि छिन् । मिस नेपाल २०२० मा २० जना युवतीहरूले प्रतिस्पर्धा गर्दैछन्। यस प्रतिस्पर्धामा कसले बाजी मार्ला भन्ने कुराले अहिले बजारमा अड्कलबाजी गर्न थालिसकिएको छ। यस वर्षको मिस नेपाल प्रतियोगिता मंसिर २० गते सम्पन्न हुने आयोजक द हिडन ट्रेजरले जनाएको छ।

सन्ध्या शर्मालाई भोटिङ्ग गर्ने तरिका :

सन्ध्या शर्मा

CONTESTANT NO 19

MISS NEPAL 2020

भोट गर्ने तरिका : आफ्नो मोवाइलको play store मा गएर livon life app लाई install गर्नुस । install गरिसकेपछी app खोलेर miss popular chaoice मा गएर सन्ध्या शर्माको फोटोमा click गरेपछी आफ्नो fb or gmail आइडिबाट login गरेर imepay बाट आफुले चाहे जति भोट गर्न सकिन्छ ।

Image may contain: 1 person, sitting and motorcycle
https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Fsandy.sharma5%2Fvideos%2F3761880250529910%2F&show_text=false&width=219
प्रतिक्रिया दिनुहोस्