महिला हिंसा अन्त्यका लागि साइकल र्‍याली



काठमाडौं : १६ दिने अभियानका क्रममा गल्र्स किक र ग्लोबल एक्सन नेपालको आयोजनामा साइकल र्‍याली गरिएको छ ।

‘महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस’ अन्तर्गत किशोर किशोरीका लागि साइकल र्याली र आत्मरक्षासम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको हो ।

साइकल यात्रा भृकुटीमण्डपबाट शुरु भई शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, बल्खु हुँदै टौदह पुगेर आत्मरक्षाका सीप र मर्यादित महिनावारीका विषयमा छलफल गरिएको थियो ।

अनलाइन फारमबाट छानिएका सहभागीमध्ये १० जना साइकल यात्रामा सहभागी थिए भने १४ जना आयोजक समूह र अन्य संघसंस्थाका प्रतिनिधि थिए । कार्यक्रममा मर्सीकोर नेपाल, रेस्ट्लेस् डिभेलप्मेट नेपाल, जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालान र अन्य संघ संस्थाको साथ रहेको थियो ।

गल्र्स किकका अध्यक्ष निरज न्यौपानेले किशोर किशोरीलाई सक्षम तथा आत्मविश्वासयुक्त बढाउन, आत्मरक्षा, क्षमता र सीप विकासका लागि उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

ग्लोबल एक्सन नेपालको संस्थापक बाबुकाजी क्षेष्ठले छोरीलाई घर व्यवहारमा मात्र सीमित नराखी साइकल चलाउन प्रेरित गरी उनीहरुको शारीरिक तथा मानसिकरुपमा नै अब्बल बनाउन तथा हिंसा न्यूनीकरण गर्न पनि अभियानले सहयोग मिल्ने उनले बताए ।

प्रकाशित : ११ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्