
दाङ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्यसहित ३ जनालाई प्रहरीले पक्राउ गरको छ ।
रोल्पा घर भएका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’, सल्यान घर भएका केन्द्रीय सदस्य चन्द्र प्रकाश खड्का ‘असल क्षेत्री’ र रोल्पाका स्थानीय नेता लालबहादुर ओलीलाई प्रहरीले दाङबाट पक्राउ गरेको नेकपा स्रोतले जनाएको छ ।
असल यसअघि पनि पक्राउ परेका थिए । उनी अदालतकाे आदेशमा रिहा भएका थिए ।