विश्वभर संक्रमितको संख्या ६ करोड ८ लाख पुग्यो (यस्तो छ सार्क राष्ट्रको तथ्यांक)



काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ८ लाख नाघेको छ ।

आज (शुक्रबार) बिहान जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ६ करोड ८ लाख ८० हजार १ सय ४५ जना संक्रमित भएको तथ्यांक छ ।

अमेरिकामा संक्रमितको संख्या १ करोड २८ लाख ७९ हजार ८ सय ६४ पुगेको छ । भारतमा ९२ लाख ६६ हजार ७ सय ५, ब्राजिलमा ६१ लाख ६६ हजार ६ सय ६ र रुसमा २१ लाख ६९ हजार ४ सय २४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो तथ्यांक अनुसार १४ लाख ३० हजार ८ सय २२ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ । अमेरिकामा २ लाख ६३ हजार ४ सय १३, ब्राजिलमा १ लाख ७० हजार ७ सय ६९, मेक्सीकोमा १ लाख ३ हजार ५ सय ९७, बेलायतमा ५७ हजार १ सय २८, इटालीमा ५२ हजार ८ सय ५० जनाको मृत्यु भएको छ ।

विश्वभर ३ करोड ९० लाख ४ हजार ८ सय जना संक्रमणमुक्त भएका छन् । आज बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५५ लाख ३४ हजार १०, अमेरिकामा ४८ लाख ७१ हजार २ सय ३ , रुसमा १६ लाख ७१ हजार ३ सय ४९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै नेपालमा २ लाख २७ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ४ सय १२ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या ९२ लाख ६६ हजार ७ सय ५ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३५ हजार २ सय २३ पुगेको छ । भारतमा हालसम्म ८६ लाख ७९ हजार १ सय ३८ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

पाकिस्तानमा हालसम्म ३ लाख ८६ हजार १ सय ९८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये पाकिस्तानमा ७ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म ३ लाख ३४ हजार ३ सय ९२ जना उपचारपछि निको भएका छन् । बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ५६ हजार ४ सय ३८ पुगेको छ । बंगलादेशमा हालसम्म ६ हजार ५ सय २४ जनाको मृत्यु भएको छ ।

उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ७१ हजार ४ सय ५३ छ । अफ्गानिस्तानमा संक्रमितको संख्या ४५ हजार ७ सय १६ पुगेको छ । अफ्गानिस्तानमा १ हजार ७ सय ३७ जनाको मृत्यु भइसकेको छ भने ३६ हजार २ सय ३२ जना उपचारपछि निको भएका छन् ।

श्रीलंकामा संक्रमितको संख्या २२ हजार २८ रहेको छ । संक्रमणपछि मृत्यु हुनेको संख्या ९९ छ भने निको हुनेको संख्या १५ हजार ८ सय १६ रहेको छ । माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ८ सय ८९ जना रहेको छ । मृत्यु हुनेको संख्या ४६ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ७ सय १७ पुगेको छ । भुटानमा संक्रमितको संख्या ३८६ पुगेको छ । उपचारपछि निको हुनेको संख्या ३६७ रहेको तथ्यांङकमा उल्लेख छ ।

प्रकाशित :१२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्