दाङमा २ हजार ९ सय ६४ मा कोरोना संक्रमण पुष्टि हुँदा २८ जनाको मृत्यु



दाङ : हिजो (बिहीबार)सम्म दाङमा २८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

२१ हजार ८ सय ८३ जनाको स्वाब पिसिआर परीक्षण गर्दा २ हजार ९६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

कार्यालयका अनुसार संक्रमितमध्ये २ हजार ६ सय २ जना निको भएर डिस्चार्ज भएका छन्, भने ३ सय ३४ जना सक्रिय संक्रमतिहरु रहेका छन् । सक्रिय संक्रमितमध्ये २३५ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा ९९ जना रहेको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

त्यस्तै, घोराही उपमहानगरपालिकामा १ हजार १ सय ८३ जना कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ३ हजार ८१६ जनाको स्वाब परीक्षण गरिएकोमा १ हजार १ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित मध्ये ९ सय ९८ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमित १ सय ७४ जना रहेको शाखाले जनाएको छ । तुलसीपुर उपमहानगरमा हालसम्म ७१२ जनाको कोरोना भाइसर संक्रमण पुष्टि भएको उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखाले जनाएको छ ।

संक्रमितमध्ये ५६३ जना निको भएर डिस्चार्ज भएका छन्, भने १४९ .जना सक्रिय संक्रमितहरू रहेको उपमहानगरको कोभिड-१९ फोकल पर्सन विमल केसीले जानकारी दिए । उनका अनुसार उपमहानगरमा कोरोना संक्रमणका कारण ११ जनाको ज्यान गएको छ ।

प्रकाशित :१२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्