कोहलीको सेन्चुरीको सामु टिकेन रसेलको विष्फोटक ब्याटिङ



कप्तान विराट कोहलीले शतक र मोइन अलीले उत्कृष्ट अलराउन्डर प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलोरले दोस्रो जित निकालेको छ। 

शुक्रबार रातिको सम्पन्न रोमाञ्चक खेलमा बेंगलोरले कोलकता नाइट राइडरसलाई १० रनले हरायो। २ सय १४ रनको लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३ रन मात्र बनाउन सक्यो।

कोलकतालाई जितको लागि अन्तिम १२ बलमा ४३ रन चाहिएको थियो। १९ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै रसेलले १९ रन बटुले पनि त्यो जितका लागि पर्याप्त बनेनन। कोलकतालाई जितको लागि अन्तिम ओभरमा २४ रन चाहिएको थियो। मोइन अलीले १३ रन खर्चेर आन्द्रे रसेललाई रन आउट गराएपछि बेंगलोरले रोमाञ्चक जित हात पार्न सफल भएको हो।

पहिलो बलमा मोईन अलीले नितेश रानालाई डट गराए । दोस्रो बलमा रानाले एक रन लिदै स्ट्राईक रसेललाई दिए । तेस्रो बलमा रसेलले छक्का प्रहार गरे । चौथो बल रसेललाई अलीले डट गराएपछि बेंगलोरको जित पक्का बनेको थियो । पाँचौ बलमा रसेललाई अलीले रन आउट गराए । अन्तिम बलमा नितेश रानाले छक्का प्रहार गरेपनि त्यो जितको लागि प्राप्त थिएन ।

आन्द्रे रसेलले २५ बलमा ९ छक्का र २ चौका प्रहार गर्दै ६५ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । नितेश रानाले ४६ बलमा ५ छक्का र ९ चौका प्रहार गर्दै ८५ रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहोस्