काखी गन्हाएर हैरान हुनुहुन्छ ? यसाे गर्नुस्



गर्मी मौसम सुरु भइसकेको छ। यो समयमा अत्याधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्दछ। चिसो मौसममा भन्दा गर्मी मौसममा यो समस्या धेरै देखिन्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दासमेत ठूलो समस्या पर्ने गरेको छ।

काखी गन्हाउने समस्याले अधिकांश मानिस ग्रसित छन्। हर कोही एउटै उपाय यसको निवारण खोजिरहन्छन्। यस्तो समस्या हुने मानिसहरु अरुको छेउमा जान पनि त्यति रुचाउँदैनन्। गर्मी महिनामा काखीमा पसिना आउने समस्या हुने तथा खुल्ला लुगा लगाइने हुँदा काखी सफा गर्नु अति आवश्यक छ। काखी सफा गर्दा पहिले रौं हटाउनुपर्छ।

त्यसका लागि गुणस्तरीय वार्म वा हेयर रिमुभर छान्नुपर्छ ताकि रौं निकाल्दा समस्या नआओस्। त्यसपछि काखीका रौंलाई राम्रोसँग वाक्सिङ र रिमुभ गर्न सकिन्छ। राम्रोसँग वाक्सिङ वा रिमुभ गरेपछि चिसो पानीले पुछ्नुपर्छ अनि आइसको टुक्रा कपासमा बेरेर केही मिनेट काखीमा दल्नुपर्छ, त्यसो गर्दा संवेदनशील छाला पनि रातो हुन पाउँदैन।

त्यसपछि काखीको कालो भागमा चन्दन पाउडर, बेसार र फिटकिरीको डल्लोलाई पानीमा भिजाएर राख्ने र फेरि प्याक लगाएर सफा गरेको भागमा दल्नुपर्छ। अन्त्यमा ल्याक्ट्रोक्यालामाइन लोसन लगाई पसिनासम्बन्धी समस्याबाट धेरै हदसम्म जोगिन सकिन्छ।

यसै गरी काखी गन्हाउनेबाट बच्ने केही घरायसी उपायहरु यस प्रकार छन्:

सरसफाइमा ध्यान दिने

काखीमा पसिना आएपछि व्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध शरीरभर फैलाएर समग्रमा शरीर नै गन्हाउँछ। शरीरका कुनै पनि अंगमा आउने पसिनालाई रोक्न सकिँदैन किनकी पसिना आउनु पनि एउटा नियमितता हो। तर यसबाट उत्पन्न हुने समस्याबाट बच्न गर्मी मौसममा कम्तिमा दिनमा एकपल्ट नुहाउने गर्नुपर्छ। विशेषगरी एन्टिव्याक्टेरिया साबुनको प्रयोग गर्नुपर्छ।

खाना खाँदा विचार

गर्मी मौसममा कफीको मात्रा, जंक फुड र तेलीय खानेकुरा घटाउनै पर्छ। यी खानेकुरा विशेषगरी क्याफिनले पसिना ग्रन्थीलाई उत्तेजित बनाउँछ जसका कारण शरीरमा अत्याधिक पसिना आउने र गन्हाउने गर्छ। मौसमी फलफुल र पर्याप्त पानी पिउदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ।

हावा छिर्ने (प्राय कटन र फाइबर) का लुगा लगाउने

हावा छिर्ने प्राय कटन र फाईबरका लुगा लगाउनुपर्छ। पसिना नसोस्ने तथा छालामा पनि असर गर्ने भएकाले गर्मी मौसममा सिन्थेटिक्सयुक्त कपडा लगाउनुपर्छ।

काखीमा कागती

कागतीको रस दल्नु सबैभन्दा उपयुक्त घरेलु तरिका हो। यसबाट कुनै साइड यफेक्ट हुँदैन। आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दल्ने र यसलाई केही समय सुक्न दिएर लुगा लगाउनुपर्छ। यसको केहीबेर पछि चिसो पानीले नुहाउनुपर्छ। यसले शरीरबाट आउने पसिनायुक्त गन्धबाट मुक्त गर्नुका साथै लामो समयसम्म ताजा राख्छ।

तुलसी र निम पात

तुलसी र निम दुबैमा व्याक्टेरिया विरोधी तत्वहरु हुन्छन्। यसले व्याक्टेरिया उत्पन्न हुनबाट बचाउँछ। तुलसी र निमको पातको लेपन बनाएर काखी वा शरीरको पसिना आउने अन्य भागमा लगाउनुपर्छ। केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ। सातामा तीन पटक यस्तो लेपन लगाउँदा उत्तम हुन्छ। नुहाउनु भन्दा अगाडि यो लगाउँदा प्रभावकारी हुन्छ।

छालाको पीएच घटाउ

एसिड भएको समयमा घालाको व्याक्टेरिया बाँच्न सक्दैन। तसर्थ स्याउको वाइन, भिनेगर, चियाको तेल र विच हेजललाई पाखुरामुनि दल्ने गनुपर्छ।

प्रतिक्रिया दिनुहोस्