१० जनाको मृत्युसँगै उपत्यकामा ८२२ कोरोना संक्रमित थपिए



काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार १२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ५९९, ललितपुरमा १६० र भक्तपुरमा ६३ जनामा कोरोना सक्रमित थपिएका हुन् ।

यो अवधिमा काठमाडौंमा ३, ललितपुर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म काठमाडौंमा मात्रै कोरोना सक्रमितको संख्या ८६ हजार ३७१ पुगेको छ तिमध्ये ३४२ जनाको मृत्यु भएको छ भने ७८ हजार १६२ जना निको भएका छन् ।

ललितपुरमा १२ हजार ९६४ जना संक्रमित भएका छन् । १०३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३१५ जना निको भएका छन् ।

त्यस्तै भक्तपुरमा ७ हजार ७८९ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ९२ जना निको भएका छन् । काठमाडौंमा ७ हजार ८६७, ललितपुरम १ हजार ५४६ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

प्रकाशित :१२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्