बाग्लुङमा ३८ नाल भरुवा बन्दुकसहित ६ जना पक्राउ



बाग्लुङ : जिल्ला प्रहरी कार्यालय बाग्लुङले जिल्लाका विभिन्न ठाउँबाट अवैध ३८ नाल भरुवा बन्दुक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरुबाट खटिएको टोलीले विभिन्न ठाउँबाट ३८ नाल भरुवा बन्दुक बरामद गरेको हो ।

प्रहरी निरीक्षक विजय भण्डारीका अनुसार बडिगाड ३ सिसाखानीबाट १ नाल, ताराखोला नागबेलीबाट ४ नाल, उक्त वडाकै छेल्लर खोलाबाट ६ नाल र बगाले सिमओढारबाट २ नाल गरी एकमुष्ट १२ नाल बन्दुक बरामद गरेको र ताराखोलाकै जुल्फे सामुदायिक वनबाट ४ नाल, अर्गल हर्पुखोलाबाट ४ नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

ताराखोला सिपबाट ८ नाल र हर्पुखोलाबाट ९ नाल बन्दुक बरामद गरेको प्रहरी निरीक्षक भण्डारीले बताए । बन्दुकसँगै आशंकामा ६ जनालाई पक्राउ गरी अनुसंधान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित :१२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्