यौनक्रियामा पूर्ण सन्तुष्ट हुँदा यस्ता हुन्छन् फाइदा



यौनक्रियाका दौरानमा सबैले पुर्ण सन्तुष्टि प्राप्त गर्छन् नै भन्ने छैन । कतिपय मानिस यौनजीवनबाट दुखी पनि देखिन्छन् । यौन सन्तुष्टि मज्जाले प्राप्त हुनुलाई चरमोत्कर्ष भनिन्छ । चरमोत्कर्षमा पुग्दा स्वास्थ्यमा धेरै असर देखिने अध्ययनले देखाएका छन् । केही अनुसन्धानहरुले चरमोत्कर्षका विभिन्न फाइदाहरु पत्ता लगाएका छन् ।

के के हुन्छ त फाइदा ? जानीराखौं :

तनावबाट मुक्ति

भागदौड र हतारो बीच बित्ने आधुनिक जीवनको सबैभन्दा ठूलो बाइप्रोडक्ट तनाव भएको छ । तनावबाट आराम पाउन औषधीको सहारा लिनुपर्ने अवस्था बढ्दो छ । यस्तो अवस्थामा यौनक्रियाको दौरानमा उत्पादन हुने हर्मोनहरुले तनावबाट मुक्ति दिलाउने काम त गर्छ नै साथसाथै यौनक्रियाले भागदौडको जिन्दगीबीच ब्रेकको काम पनि गर्छ ।

चमक बढाइदिन्छ

यौनक्रियाबाट प्राप्त हुने सन्तुष्टिले मानिसको छालाको चमक बढाइदिने गर्छ । यो आम रुपमा प्रचलित भनाइ हो । यो भनाइमा सत्यता पनि छ । यसबाहेक, यौनक्रिया र चरकोत्कर्षले मानिसको आत्मविश्वास अभिबृद्धि, शरीरको रोग प्रतिरोधी क्षमता बलियो, खुुसी बढाउने, प्रोस्टेट क्यान्सरको खतरा कम गराउने काम गर्नुका साथसाथै पार्टनरबीच आपसी आत्मीयतामा पनि अभिबृद्धि गराउने काम गर्छ ।

रक्तप्रवाहमा मद्दत गर्छ

चरमोत्कर्षले मानिसको रक्तप्रवाहमा बृद्धि हुने गर्छ । जसले प्रजनन् अंगहरुमा पर्याप्त मात्रामा रगत पुग्न सकोस् । अनुसन्धानकर्ताहरुका अनुसार, यो क्रियाले हाम्रा शरीरका कोषहरुमा अक्सिजनको मात्रा पर्याप्त मात्रामा पुगेर तिनलाई स्वस्थ राख्न सहयोग पुग्छ ।

मुटुको राम्रो व्यायाम

त्यसो त यौनक्रियालाई दैनिक रुपमा गरिने व्यायामको विकल्पको रुपमा लिन सकिन्न तर अध्ययनहरुले के देखाएको छ भने यौनक्रियाको दौरानमा प्राप्त हुने चरमोत्कर्ष हाम्रो मुटुको लागि राम्रो व्यायाम साबित हुन सक्छ । यौनक्रिया र चरमोत्कर्षको बेला हाम्रो मुटुको चाल छिटो हुन्छ, रक्तचाप बढ्छ र साथसाथै स्वासप्रस्वास क्रिया पनि छिटोछिटो हुन्छ । मुख्यतः पिट्युटरी ग्रन्थीमा उत्पादन हुने र हाम्रो मस्तिष्कबाट इलेक्ट्रिकल संकेतहरुलाई स्नायु प्रणालीमा प्रवाह गर्न न्युरोट्रान्समिटरको रुपमा काम गर्ने इन्ड्रोफिनले तनाव र पीडाबाट मुक्ति दिलाउन मुख्य भूमिका निर्वाह गर्ने गर्छ ।

मुड फ्रेस गराउँछ

मुड ठीक छैन, उदास मन छ, यस्तो बेलामा यौनक्रियाबाट प्राप्त हुने चरमोत्कर्षले तपाईको मुड फ्रेस गराइदिन सक्छ । किनभने, यौनक्रिडामा चरमोत्कर्षको बेला इन्ड्रोफिनका साथसाथै डोपामिन र अक्सिटोसिन हर्मोनहरु पनि पैदा हुन्छ । स्वास्थ्य विज्ञानमा यी तिनवटै हर्मोनहरुलाई मानिसको मुड फ्रेस गराउने तत्वको रुपमा लिइने गरिन्छ । डोपामिन हर्मोनले मासिनको मस्तिष्कको आनन्द तथा खुसी पैदा गर्ने केन्द्रलाई नियन्त्रण गर्ने गर्छ । यसले हाम्रो गतिविधि तथा भावनात्मक प्रतिक्रियाहरुलाई नियमित गर्ने काम गर्नुका साथसाथै रमाइला कुराहरु अनुभूति गर्ने र त्यसतर्फ आकर्षित गराउने काम गर्छ ।

निद्रा लाग्छ 

छोटो समयमै सम्पन्न हुने यौनक्रियाले तपाईंलाई पूरै रातभर आराम दिलाइदिनसक्छ । हालै १८०० महिलाहरुमा गरिएको सर्वेक्षणमा ३० प्रतिशत महिलाहरुलाई यौनक्रिया प्राकृतिक रुपमा लठ्याउने औषधीको रुप काम गरेको पाइयो ।

मस्तिष्क स्वस्थ राख्छ

चरमोत्कर्षले मुटुलाई मात्र हैन, मस्तिष्कलाई समेत स्वस्थ राख्न सहयोग गर्छ । विशेषज्ञहरुका अनुसार, चरमोत्कर्षको बेलामा बढ्ने रक्तप्रवाहका कारण मस्तिष्कले पर्याप्त मात्रामा अक्सिजन प्राप्त गर्ने गर्छन् । एक अध्ययनको सिलसिलामा एमआरआइ गरेर हेर्दा सामान्य अवस्थामा भन्दा चरमोत्कर्षको बेलामा महिलाको मस्तिष्कले बढी मात्रामा अक्सिजन उपयोग गर्ने गरेको पाइयो ।

प्रतिक्रिया दिनुहोस्