होटलमा कौडा खेलिरहेका १० जना पक्राउ



बारा : सिमरा उपमहानगरपालिकामा कौडा खेलिरहेका १० जना पक्राउ परेका छन् ।

बाराको जितपुर-२ सिमरास्थित सिमरा पाराडाइज होटलमा कौडा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको र उनीहरुको साथबाट १६ थान कौडा र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित :१२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्