प्रदेश २ : शुक्रबार एकको मृत्यु, २८ संक्रमित थपिए, ४१ जना डिस्चार्ज



जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु हुनुका साथै ३ महिला र २५ पुरुष सहित २८ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् भने ४१ जना डिस्चार्ज भएका छन् ।

आज (शुक्रबार) मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर-४ का ४८ वर्षीय एक पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डाक्टर कमलेश प्रसाद यादवले जानकारी दिए ।

शुक्रबारसम्म यस प्रदेशमा संक्रमितको संख्या १६ हजार ६ सय ५१ पुगेको वरिष्ठ चिकित्सक डाक्टर यादवले बताए । त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशका १५ महिला र २६ पुरुष गरि ४१ जना अस्पतालबाट डिस्चार्ज भई आ-आफ्नो घर फर्केका छन् ।

आज ९शुक्रबार० यस प्रदेशमा पर्सामा ६, सप्तरीमा ६, बारामा ४, सर्लाहीमा ४, धनुषामा ३, रौतहटमा २, सिरहामा २ र महोत्तरीमा १ जना संक्रमित भएका छन् । प्रदेशमा शुक्रबारसम्म १३ हजार ७ सय ९० पुरुष र २ हजार ८ सय ६१ महिला गरि जम्मा १६ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको वरिष्ठ चिकित्सक यादवले जानकारी दिए ।

गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षत्रिय अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा शुक्रबार २८ जनाको रिपोर्ट पोजेटिभ आएको यादवले बताए ।

त्यस्तै शुक्रबार डिस्चार्ज हुनेहरुमा सप्तरीका ३, सिरहाका १५, धनुषाका २ र रौतहटका २१ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ हजार ५ सय ८६, सिरहाका १ हजार ५ सय २३, धनुषाका २ हजार ३ सय २४, महोत्तरीका १ हजार ६ सय ६६, सर्लाहीका १ हजार ९ सय ६८, रौतहटका २ हजार १ सय १, बाराका १ हजार ४ सय ८५ र पर्साका ३ हजार ५७ गरि १५ हजार ७ सय १० जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशभरीमा शुक्रबारसम्म सप्तरीमा २० हजार ४ सय १०, सिरहामा ११ हजार ७ सय ६३, धनुषामा १८ हजार २ सय ५४, महोत्तरीमा ८ हजार ४ सय ६८, सर्लाहीमा १४ हजार ४ सय ९५, रौतहटमा २४ हजार १ सय ५२, बारामा १२ हजार ४ सय ९१ र पर्सामा २९ हजार २ सय २६ गरि जम्मा १ लाख ३९ हजार २ सय ५९ जनाको स्वाब परिक्षण गरिएकोमा १६ हजार ६ सय ५१ जना संक्रमित भएका छन् भने १ लाख २२ हजार २० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ७, सिरहामा २, धनुषामा ५६, रौतहटमा १६, बारामा २९ र पर्सामा ४ सय ७८ गरि कुल ५ सय ८८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ७, सिरहामा २, धनुषामा ५६, रौतहटमा १० र पर्सामा ६० गरि १ सय ३५ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ७ हजार ३ सय ८० बेड क्षमताको १ सय ४२ वटा क्वारेन्टाइन अहिले खालि रहेका छन् भने २ सय ५० जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ६ सय २७ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १५, सिरहामा ६, धनुषामा ७ र पर्सामा ४ गरि ३२ जनालाई भर्ना गरिएको वरिष्ठ चिकित्सक यादवले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा सप्तरीमा १ सय २९, सिरहामा ४०, धनुषामा १ सय ६३, महोत्तरीमा ९१, सर्लाहीमा १४, रौतहटमा ४३, बारामा १ सय २५ र पर्सामा १ सय १३ गरि ७ सय १८ जना होम आइसोलेसनमा रहेको उनले बताए ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा ३ हजार १ सय ५० जना संक्रमित भएका छन् । धनुषामा २ हजार ५ सय १६, रौतहटमा २ हजार १ सय ५६, सर्लाहीमा २ हजार ३१, महोत्तरीमा १ हजार ७ सय ७५, सप्तरीमा १ हजार ७ सय ७१, बारामा १ हजार ६ सय ४८ र सिरहामा १ हजार ६ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ७ सय ५० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा ३४ महिला र १ सय ५७ पुरुष गरि १ सय ९१ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ५१, सप्तरीमा ३७, सिरहामा २३, धनुषामा २०, बारामा १९, महोत्तरीमा १७, सर्लाहीमा १३, रौतहटमा १० र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्