मंसिर २१ बाट ‘प्रथम तोप–२१ चौतारा साँगाचोकगढी मेयरकप ब्याडमिन्टन प्रतियोगिता’ हुने



काठमाडौं : सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा ‘प्रथम तोप–२१ चौतारा साँगाचोकगढी मेयरकप ब्याडमिन्टन प्रतियोगिता’ आयोजना हुने भएको छ ।

मंसिर २१ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधमा प्रतिपर्धा गराईने आयोजकले जनाएको छ ।

पहिलो चरणमा जिल्लाका लागि पुरुष एकल र युगल तथा दोश्रो चरणमा राष्ट्रिय स्तरको पुरुष एकल प्रतियोयगता आयोजना गरिनेछ ।

राष्ट्रिय स्तरको पुरुष एकल तर्फको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्तै सेमिफाईनलिस्ट दुई जनाले जनही १० हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्