सरकारी अरिंगाल जनता टोक्दैछन्, नेविसंघ लड्न तत्पर हुनुपर्‍यो : नेता खतिवडा



काठमाडौं : नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले सरकारी अरिंगालहरू जनता टोक्दै हिँड्काले नेपाल विद्यार्थी संघ तात्नुपर्ने बताएका छन् ।

विश्वभाषा क्याम्पस एकाई समितिद्वारा आयोजित नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा भएको शुभकामना आदानप्रदान, चियापान तथा भित्तेपात्रो वितरण कार्यक्रमलाई सम्बोधनमा पूर्वसांसद खतिवडाले नेविसंघले सरकारी अरिंगाललाई परास्त गर्न सक्ने बताए ।

दुईतिहाइको कम्युनिस्ट सरकारबाट प्रेस स्वतन्त्रता, कानूनी राज्य, मानवअधिकार र विद्यार्थीको हक अधिकार हनन् भएको बेला नेविसंघ लड्नुपर्ने उनले बताए । अरु दलका संगठनहरू सरकारको हुन्डी खाएर सरकारलाई बचाउन लागेका र अरिंगाल भएर जनतालाई टाेक्दै हिँडेकाले अब अन्यायको विरुद्धमा लड्न तत्पर हुन उनले नेविसंघलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्