क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं : युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना भएको पुष्टि गरेका हुन् ।

‘मलाई आज कोभिड–१९ पोजेटिभ भएको थाहा भयो । बुधबारदेखि शरीर दुखिरहेको थियो । तर अहिले हल्का सुधार भइरहेको छ, ’ उनले शुक्रबार राति फेसबुकमा लेखेका छन् ।

सन्दीपले आफू ‘होम आइसोलेसन’मै रहेको र चाँडै मैदानमा उत्रने बताएका छन् । त्यस्तै उनले सबैको आफूलाई सबैको प्रार्थनाको खाँचो हुने बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई बुधबारदेखि बन्द प्रशिक्षणमा बोलाएको थियो । उसले बन्द प्रशिक्षणमा राख्नु पहिले सबै खेलाडीको कोरोना परीक्षण गरेको थियो ।

जसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहित पौडेललाई संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्