चिनियाँ रक्षामन्त्री फेङ्गे आइतबार नेपाल आउँदै



काठमाडौं : चिनियाँ रक्षामन्त्री वेई फेङ्गे भोलि (आइतबार) नेपाल आउने भएका छन् ।

एक दिने नेपाल भ्रमणमा आउन लागेको रक्षामन्त्री फेङ्गेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीका साथै अन्य नेताहरुसँग भेटवार्ता गर्नेछन् ।

परराष्ट्र मन्त्रालयले शनिबार बिहान जारी गरेको विज्ञप्तिमा नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री फेङ्गेको भ्रमण हुन लागेको र यसले आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुने उल्लेख छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा आउन लागेका रक्षामन्त्री फेङ्गेले चिनियाँ दूतावासद्वारा आयोजना हुने द्विदेशीय सहयोग–समन्वयको बृहत् कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।

फेङ्गे आइतबार नै अपराह्न काठमाडौंबाट ढाकाका लागि प्रस्थान गर्नेछन् ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्