देशभर चिसो बढ्दै



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम शनिबार सामान्यतया सफा रहने जनाएको छ ।

पश्चिमी वायुको प्रभाव हटेकाले देशभर शुक्रबार रातिदेखि नै मौसम सफा भएको मौसमविद वरुण पौडेलले जानकारी दिएका छन् ।

देशभर मौसम सफा रहेको र दुई–चार दिनलाई पानी पर्ने सम्भावना नरहेको मौसमविद पौडेलले बताए ।

उनका अनुसार देशभरको मौसम सफा रहेको तर, तर जाडो भने बढ्ने क्रममा रहेको छ ।

उनले भने, ‘जाडोको मौसम भएकाले विशेष गरि पहाडी तथा हिमाली क्षेत्रमा तापक्रम घट्दै जानेछ । तराई तथा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहान भिजिबिलिटी कम हुने अर्थात कुहिलो लाग्ने छ । तर यो दिउँसो हटेर जान्छ ।’

विगतका दुई दिन पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको थियो र केही स्थानमा हल्का पानी पनि परेको थियो ।

प्रतिक्रिया दिनुहोस्