बुटवलमा रुपन्देही र कपिलवस्तुका थप दुई जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं : बुटवलमा रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको शुक्रबार राति ११ बजेर २५ मिनेटमा मृत्यु भएको हो भने कपिलवस्तुका कोरोना संक्रमित पुरुषको शुक्रबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । कपिलवस्तुका पुरुषमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

दुवैजना मृगौलाको डायलासिस गराइरहेका विरामी थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२० र कपिलवस्तुमा १८ पुगेको छ ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्