सनराइजमा खाता खोल्न अझै सजिलो



काठमाडौं : सनराइज बैंकले तुरुन्तै बचत खाता खोल्न सकिने गरी “सनराइज Smart बचत खाता” ल्याएको छ ।

“स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियान अगाडि बढाउदै आएको बैंकले आफ्ना ग्राहकहरुलाई प्रिथक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको छ । यसै अनुरुप बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सन्राइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी “सनराइज Smart बचत खाता” ल्याएको हो । यस सुविधाअन्तर्गत ग्राहकहरुले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै Digital Transaction समेत गर्न सक्नेछन् । उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी आफैले मुद्घती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक वेभसाइट http://onlineservices.sunrisebank.com.np/account/default मा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ ।

यसरी अनलाइनबाट खोलिएका “सनराइज Smart बचत खाता” शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ । खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन, तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ । कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भइरहेको वर्तमान परिप्रेक्षमा बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङ्गमार्फत नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ । विस्तृृत जानकारीको लागी Toll Free no. 1660 0122 444 मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्