रुकुम पश्चिम जिप दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ५ पुग्यो



काठमाडौं : रुकुम पश्चिममा शुक्रबार राति भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७, दाजेमा शुक्रबार राति जिप दुर्घटना भएको थियो ।

शनिबार बिहान १ जनाको मृत्यु भएसँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो । दुर्घटनामा परी गम्भीर घाइते आठबीसकोट–८, का ५८ वर्षीय लालबहादुर नेपालीको आज बिहान मृत्यु भएको हो ।

नेपालीको नगर अस्पताल राडीमा सामान्य उपचारपछि थप उपचाका लागि नेपागञ्ज लैजाँदै गर्दा आज बिहान ३ बजेतिर जाजरकोटको कुदुमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जन्ती बोकेको जिप सडकभन्दा एकसय मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार आठबीसकोट नगरपालिका–८, का अन्दाजी ५१ वर्षीय कलिभान नेपाली, सोही ठाउँका ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीले घटनास्थलमै ज्यान गएको थियो ।

आठबीसकोट नगरपालिका–८ को दाजेबाट १०/१२ जना जन्ती बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको रा.१ ज ५८९ नम्बरको जिप दाजे भन्ने स्थानमा दुर्घटना भएको हो ।

चालक वर्षीय डिल्लीबहादुर नेपाली फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्