उदयपुर र मोरङका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु



उदयपुर :  उदयपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ भएका दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका ७ मा गाईघाटबाट चुहाडकालागी छुटेको लु३त ४४४९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु४९प ४०७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका ७ का ३५ वर्षीय कालिन्दा भण्डारीको मृत्यु भएको हो ।

ठक्करबाट  गम्भीर घाइते भण्डारीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

ठक्कर दिने ट्याकटर र चालक नियन्त्रणमा रहेका छन्।  यता  मोरङको सुन्दरहरैचा नगरपालिका ३ त्रियुगा चोकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको २६प ३०९९ नम्बरको मोटरसाइकल शुक्रबार बेलुका ७ बजे आफैं अनियन्त्रित भई दुर्घटना सोही स्थानका ३५ वर्षीय धनकुमार राईको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रहरी प्रवक्ता तथा सूचना समन्वय अधिकारी प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्