धनगढीमा कोरोना संक्रमितको संख्या १२८ पुग्यो (कुन वडामा कति)



धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या १ सय २८ पुगेको छ ।

आईतवार २ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ सय २८ पुगेको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप-महानगरपालिका वडा नं. ३ र ५ का १-१ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

धनगढी उप-महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले धनगढी उप-महानगरपालिकाको वडा नं.१ का ७, २ का ४, ३ का ५, ४ का १, ५ मा १०, ६ का ३ र वडा नं.७ का ४ जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै वडा नं.८ का ६, ९ का १३, १० का ३, ११ का ६, १२ का २५, १३ का २, १४ का १२, १५ का ६, १६ का १, १७ का १, १८ का १२ र १९ का २ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

संक्रमण पुष्टि भएका एक महिलाको मृत्यु भईसकेको छ भने २० जनाको आईसोलेसनमा उपचार भईरहेको छ । दुई जनालाई रेफर गरिएको छ । बाँकी कोरोना मुक्त भएर घर फर्किएको श्रेष्ठल बताए ।

प्रकाशित :१३ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्