ब्याडमिन्टनको पुरुष एकलमा दिपेशलाई स्वर्ण



दाङ : सशस्त्र प्रहरी बल (एपिएफ) क्लबका दिपेश धामीले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा स्वर्ण पदक जितेका छन्। दाङको घोराहीस्थित कभर्डहलमा शनिबार आर्मीका रत्नजित तामाङलाई पराजित गर्दै दिपेशले स्वर्ण पदक जितेका हुन्।

दिपेशले रत्नलाई २१–१६, २१–१४ को सोझो सेटमा पराजित गर्दै इतिहास रचे। विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित आठौंमा भने दिपेशसँग स्तब्ध भए।

२०६९ सालमा काठमाडौंमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै नम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन।

प्रतिक्रिया दिनुहोस्