‘बलात्कारी राख्ने अर्को जेलको व्यवस्था गरिदे’



काठमाडौं : यौनजन्य हिंसाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । बलात्कार प्रभावितहरुको न्यायका लागि युवाहरुले शनिबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

यौनजन्य हिंसाविरुद्ध एकीकृत रुपमा लाग्ने प्रयास स्वरुप प्रदर्शन गरिएको सहभागीले बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘बलात्कारी राख्ने अर्को जेलको व्यवस्था गरिदे’, ‘उठ जनता अति भने, चुप बस्दा छेती भो’, बलात्कारीको लिंग छेदन गरिदे,’ लगाएतका प्ले कार्ड बोकेका थिए ।

साथै उनीहरुले बलात्कार पीडितलाई न्याय दिनुपर्ने र बलात्कारसहितका यौनजन्य हिंसा अन्त्यका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै सचेत पनि बनाएका छन् ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्